अब मधुमेहको उपचारमा ‘स्मार्टफोन’

शनिबार, १६ बैशाख २०७४

 

एजेन्सी,  स्मार्टफोन मधुमेहको उपचारका लागि प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले जनावरको जीवित कोषका गतिविधि नियन्त्रणका लागि स्मार्टफोनको प्रयोग गरेका छन् । यसले रगतमा चिनीको मात्रा नियन्त्रणका लागि स्मार्टफोन प्रयोग सकिने देखिएको हो ।

 

जीव विज्ञान र प्रविधिको फ्युजन गरी बनाइएको विधि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न प्रयोग गरिएको वैज्ञानिकले बताएका छन् । मुसामा गरिएको अध्ययनमा वैज्ञानिकले जीव विज्ञान र प्रविधिको फ्युजन गरेर बनाइएको विधि प्रयोग गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिने देखिएको साइन्स ट्रान्सलेसनल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

थप अनुसन्धान गरेर विभिन्न रोगको उपचार तथा औषधि बनाउनका लागि स्मार्टफोनसहितका प्रविधि प्रयोग गर्न सकिने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । चिनियाँ वैज्ञानिकले गरेको अनुसन्धानबाट मधुमेहसहितका अरु रोगको उपचारका लागि प्रयोग गर्न सकिने र यसले उपचार तथा औषधि विज्ञानमा नयाँ युग सुरु हुन सक्ने देखिएको छ ।

 

 

जीव विज्ञान र प्रविधिलाई फ्युजन गरी बनाइएको विधिलाई अप्टोजेनेटिक्स नाम दिइएको छ । यसको माध्यमबाट आनुवंशिक परिमार्जन गरी बनाइएको औषधिले रगतमा इनसुलिनको मात्रा नियन्त्रणका लागि प्रकाशसँगको सहकार्यमा काम गर्ने गरेको छ । रेड लाइटको विशेष वेभलेन्थमा फ्युजन गरिएको विधिले रगतमा चिनीको मात्रा नियन्त्रणका लागि काम गर्ने वैज्ञानिकले बताएका हुन् ।

 

इस्ट चाइना नर्मल युनिभर्सिटीका वैज्ञानिकले यो औषधि मुसामा राख्दा यसले सुगरको मात्रा नियन्त्रण गरेको पाइएको हो । यसको अर्थ स्मार्टफोनले शरीरलाई मधुमेहको उपचारका लागि निर्देशित गर्न सक्ने देखिएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको