आफ्नै बाउले गरे ८ वर्षीया छोरीको घाँटी थिचेर हत्या
शनिबार, १६ बैशाख २०७४

इलाम, इलाममा एक व्यत्तिले छोरीको हत्या गरेका छन् । इलाम नगरपालिकामा ठेलामा पसल गर्दै आएका राजु चौधरीले आठ वर्षकी छोरी विरुषा चौधरीको घाटी थिचेर हत्या गरेका हुन् ।
राजुले तीन वर्षकी अर्की छोरी मिराको पनि घाँटी थिचेका थिए । मिराको अहिले उपचार भइरहेको छ । ३१ वर्षका राजु र विमला चौधरी बिच शुक्रबार बेलुका घरायसी झगडा भएपछि राजुले दुई छोरीको घाँटी थिचेका हुन् ।
राजुले आफ्नो घर भारत बताए पनि भारतको कुन ठाउँ हो भन्ने अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्