मेयरको रिङमा उत्रिए रेसलर ! हिमालयन टाइगर काठमाडौंका मेयर उम्मेदवार

शनिबार, १६ बैशाख २०७४

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा चर्चामा रहेका नामहरू मध्ये अर्को एक चर्चित नाम थपिएको छ। त्यो नाम हो– हिमालयन टाइगर। 



हिमालयन टाइगर उपनामले चर्चित नेपाली रेस्लर भरत बहादुर बिसुराल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने पक्का भएको छ। उनी स्वतन्त्र उमेद्वार भएर मेयरमा लड्ने जानकारी उनको विज्ञप्तिमा छ।
 


उनले विज्ञप्ति मार्फत काठमाडाैंलाइ हराभरा र स्वच्छ बनाउने प्रतिबद्धता जनाएका छन्। उनको विज्ञप्तिमा आफूले जितेमा गर्ने सुधारका कामको बुँदाहरू छन्।



यिनै रेसलर यसअघि दोस्रो संविधान सभाको चुनावमा पुष्प कमल दाहाल 'प्रचण्ड' उठेको काठमाडाैं क्षेत्र नम्बर १० बाट उम्मेदवार बनेका थिए।
 


कलाकार, पत्रकार, कर्मचारीर र युवाहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि आकर्षण बढेकै बेला खेलाडी पनि चुनावी मैदानमा उत्रिएका छन्। बैशाख ३१ र जेठ ३१ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको