ग्यारेजमा खतरनाक आगलागी, चार वटा बस जलेर नष्ट, करोडौँको क्षति
शनिबार, १६ बैशाख २०७४

पर्सा । विद्युत् प्रवाह हुँदा वीरगन्ज उपमहानगरपालिका अस्थायी प्रहरी चौकी बसपार्कस्थित रहेको नन्दी गाडी ग्यारेजमा आगलागी हुँदा चार बस जलेर नष्ट भएका छन्। राखिएका तीन नयाँ बस र एउटा पुरानो बसमा आगलागीमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिएका छन्।
बारा र पर्साबाट आएको वारुण यन्त्र र स्थानीय प्रहरी प्रशासनको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्यत्रणमा लिन सफल भएको स्थानीय बासिन्दा विनोद साहले बताए।
वीरगन्ज उपमहानगरपलिकामा तीन वारुण यन्त्र भए पनि आगलागी हुँदा एक वटा मात्र बारुण यन्त्र आएको हुनाले आगो नियन्त्रण गर्नमा ढिलाइ भएको हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। आगलागी के कारणले भएको हो भन्ने थाहा हुन सकेको छैन। रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्