एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ:

शनिबार, १६ बैशाख २०७४

काठमाडौँ – एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो ।

 

हाम्रो घरका भित्ता वा ढोकाहरुमा टाँसिने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइहरुले बिश्वास गर्नुहुन्नहोला ।

 

एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन र हिरा भन्दा पनि कम छैन । यो छेपारोले विशेष आवाज निकाल्ने भएकोले दुर्लभ छेपारोको रुपमा लिईएको छ ।

 

यसलाई गिको नामले चिनिन्छ । ‘टक के’ भने जस्तो आवाज निकाल्ने भएकाले यो छेपारोलाई टक के छेपारो पनि भनिन्छ । चीनमा यो छेपारोको मूल्य ६४ लाख रुपैयाँ जति पर्ने गर्दछ ।

 

 

यो छेपारोको मूल्य यति महँगो पर्नुको कारण यो छेपारोमा भएको विशेष गुण हो । यसको मासु औषधि बनाउन र दक्षिण पूर्व एसियामा मधुमेह,एड्स,क्यान्सर र यौन क्षमता बढाउने औषधि जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुने गरेको पाइएको छ ।

 

 

अन्तराष्ट्रिय ब्ल्याक मार्केटमा समेत यो छेपारोको माग उच्च छ । यसको तस्करी लाखौँ रुपैयाँमा हुने गरेको र यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइने गरेको छ ।

 

वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ । विश्वको कालो बजारमा समेत यो छेपारोको माग अत्यधिक रहेको छ ।

  


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको