आफ्नो साथीसँग यौन सम्बन्ध राख्न नमानेपछि श्रीमानले दिए श्रीमतीलाई् डिभोर्स

शनिबार, १६ बैशाख २०७४

 

एजेन्सी । भारतमा प्राय: हरेक दिन नयाँ र अनौँठा घटना बाहिरीएकै हुन्छन्। त्यस्तै अनौँठो घटना भारतको यूपीमा पनि बाहिरीएको छ। एक श्रीमानले आफ्नो साथीसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै आफ्नै श्रीमतीलाई डिभोर्स दिएका छन्।



भारतीय सञ्चारमाध्यमका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीलाई आफ्नो नजिकको साथीसँग यौन सम्पर्क राख्न प्रस्ताव गरेका थिए। उनको प्रस्ताव अस्वीकार गरेपछि उनले श्रीमतीलाई घर निकाली दिए। त्यसपछि उनले श्रीमतीसँग सम्बन्ध विच्छेद समेत गरेर अर्कै  प्रेमीकासँग विवाह गरे।



पीडित महिलाको नाम शबाना हो। विवाहको केही दिनमै श्रीमानका घर परिवारले दिनहुँ विभिन्न किसिमका यातना दिने गरेको उनले सुनाइन्। उले भनिन्, विवाहको केही दिनसम्म त राम्रो थियो, तर केही दिनपछि म माथि कुटपिट जस्ता यातना दिइन् थालियो। साथीलाई आफ्नो घरमा ल्याएर साथीकै अगाडी कयौँ पटकसम्म श्रीमानले मसँग यौन सम्बन्ध राखे।



एक दिन श्रीमानले साथीसँग पनि यौन सम्बन्ध राख्न प्रस्ताव गरेको र आफूले उक्त प्रस्ताव अस्वीकार गर्दा घर निकाला भएको उनले सुनाइन्।  


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको