स्वास्थ्यमन्त्री गगन शेयरका धनी, नगद ९ हजार मात्र !

बुधबार, २९ मङि्सर २०७३

२९ मंसिर, काठमाडौं । प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिएका छन् ।

 

उनले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् ।

 

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा लेखेका छन् ।

 

श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । गगनले श्रीमीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको उल्लेख गरेका छन् ।

 

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको