हात्तीले भत्काएको बास बनाउन नसक्दा खुल्ला आकाशमुनि रात
आइतबार, १७ बैशाख २०७४

पप्पु गुरुङ्ग-माहाकाली नगरपालिका,बैशाख १६ – हात्तीले घर भत्काए पछि माहाकालीमा नगरपालिका एक घरपरिवार खुल्ला आकाशमुनि बिताउन बाध्य भएका छन् । माहाकाली नगरपालिका वडा नं. ७, संसारीटोलका चन्द्रा रावतका ६ परिवार खुला आकाशमुनी रात बिताउन बाध्य भएको चन्द्राका परिवारले बताएका छन् । फागुन ५ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिएको हात्तीको बथानले चन्द्र रावतको घर पुर्णरुपमा भत्काउनुको साथै उनिहरुका भएका खेतवारीको अन्नपात नष्ट गरेको हो । हात्तीले ओत लाग्ने घर र खाने अन्न नष्ट गरिदिएपछि उनिहरुका परिवार समस्यामा परेका छन् । घर बनाउन पैसा नभएको कारण फागुन महिना देखि खुला आकाशमा रात बिताउदै आएको चन्द्रा रावतले बताएका छन् ।
“घर बनाउने रकम नभएर घर पनि बनाउन सकेका छैनौं” चन्द्रा रावतले दुखेशो पोखिन् । चन्द्राले सानो कटेरो बनाएर भएका अन्न, लत्ताकपडा तथा भाडाकुडी राखेका छन् भने आफुह खुला आकाश मुनी रात बिताउदै आएका छन् । शुक्लाफाँटा मध्यवर्ती ब्यवस्थापन समितिले रु. ४ हजार दिएको उनले बताए ।
“घर बनाउनको लागी सबै थोक किन्नु पर्ने भएको छ्” चन्द्रले भनिन्– “घरमा एक सुक्कोनै छैन्” उनको खेतको गहु“ पनि हात्तीले सखाफ पारेको ले के खाने भन्ने चिन्ताले सताउन थालेको छ् । रात बिताउने घर र खाने अन्न नहुदा चन्द्रका परिवारले छिमेकी संग मागेर गुजारा गरिरहेका छन् । घर हात्तीले भत्काएको खबर पाएर हतार गर्दै आएका चन्द्रका श्रीमान हरी रावतले कमाएर ल्याएको रकम साहु“को श्रmण तिर्न पनि पुगेको छैन् ।
आर्थिक अवस्था दैनिय रहदै आएको चन्द्रका २ छोरी र १ छोराको बिद्यालयमा नाउ दर्ता तथा कापी कलम खरिद गर्न समेत रकम नभएकोले बिद्यालय जान समेत नपाएको बताएका छन् । “सरकारले निशुल्क शिक्षा भन्छन् तर प्रत्येक वर्ष बिद्यलायलाई सहयोग भन्दै रकम तिर्नु परेको छ्” हरी रावतले भने । हात्तीले चन्द्रका नानीहरुको किताव, कापी पनि घर संगै सखाफ पारेपछि चन्द्रका नानीहरुले बिना कापी र किताबको परिक्षामा सम्मलित भएका थिए । “हात्तीको बथान आएको त्यो रात यादले शरिरै झिसिङ्ग बनाउछ्” चन्द्रले भनिन् । नगरपालिका कार्यालय, युवा संघ नेपाल लगाएतले अन्नपात सहयोग गर्दै आएपनि घर बनाउने कुनै दाता आएको भए, भन्ने पर्खाईमा चन्द्रका परिवार बस्दै अनाएका छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्