फोनमा ‘हेलो’ भन्दैनन् बाबा रामदेव, यस्तो छ कारण

बिहिबार, २१ बैशाख २०७४

 

एजेन्सी। बाबा रामदेवले फोन प्रयोग गर्छन् तर सामान्यतया सबैले फोन उठाएपछि भन्ने शब्द ‘हेलो’ भन्दैनन्। उनी अविवाहित हुन्। पछिल्लो समय आएको कौशीक डेकाको पुस्तक ‘द बाबा रामदेव फेनोमेननः फ्रम मोक्ष टु मार्केट’ मा बाबा रामदेवबारे कैयौं रमाइला तथ्यहरु खोलिएको छ।

 

 

किताबका अनुसार दयानन्द सरस्वतीको पुस्तक सत्यार्थ प्रकाश पढेपछि बाबा रामदेवको जीवन पूरै फेरिएको थियो। यो किताबमा ब्रह्मचर्यको बारेमा लेखिएको छ। पुस्तकको प्रेरणाका कारण बाबा रामदेव स्कुलमा पनि ऋषिहरुको जस्तो जीवन बाँच्न लागेको लेखकले उल्लेख गरेका छन्।

 

 

सत्यार्थ प्रकाशको पहिलो भागमा ॐ शब्दको उत्पत्ति र यसको महत्वको बारेमा बताइएको छ। यसैबाट प्रभावित भएर बाबा रामदेवले ॐ शब्द निकै धेरै प्रयोग गर्न थाले। रामदेवले तय गरे कि उनले फोनमा हेलोको ठाउँमा ॐ शब्द प्रयोग गर्नेछन्। उनी यो कुरालाई आज पनि पालना गर्छन्।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको