महाअभियोग प्रस्ताव फिर्ता लिन ओलीले गरेको आग्रह प्रधानमन्त्रीद्वारा अस्वीकार

बिहिबार, २१ बैशाख २०७४


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्।

 

बिहीबार सभामुखको कार्यकक्षमा भएको दुई पक्षीय छलफलमा एमाले अध्यक्ष ओलीले महाअभियोग गलत मनासयले आएको र त्यसको चौतर्फि विरोध भैरहेको भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका थिए।

 

तर एमाले अध्यक्ष ओलीले राखेको प्रस्तावलाई प्रधानमन्त्री दाहालले ठाडै अस्वीककार गरेका छन्। उनले महाअभियोग प्रक्रियागत रुपमा आएको हुँदा त्यसलाई माओवादीले मात्रै फिर्ता लिन नसक्ने जानकारी ओलीलाई दिएको स्रोतले बतायो।

 

महाअभियोग फिर्ता लिने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले त्यसलाई छिटो प्रक्रियामा लैजान र भोटिङ गराउन अनुरोध गरेका थिए। उनले प्रक्रियामा लैजाने सहमति नभए प्रस्ताव संसदमा पेश गर्नै नदिन जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए।

 

त्यस्तै भेटमा बजेट, स्थानीय निर्वाचन आदिका बारेमा पनि छलफल भएको जानइएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको