हड्डी र दाँत बलियो बनाउन खानुहोस् यी चीज

बिहिबार, २१ बैशाख २०७४

 

पनीर : पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

 

दही : खानामा नियमित दहीको सेवन गर्नाले यसमा भएको तत्वले हड्डी र दाँतलाई मजबुत बनाउँछ । एक कप दहीमा ४५० मिग्रा क्याल्शिियम हुन्छ । त्यसैले दहीको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ ।

 

गुँड : गुँडमा पसस्त मात्रामा फसफोरस र क्याल्सियम हुन्छ । एक कप गुँणमा ८० मिग्रा क्याल्सियम पाइन्छ । यसले हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

 

दुध : दुध प्रोटीन, क्याल्सियम, चिल्लोपदार्थ हुन्छ । दुध जुनसुकै उमेरका ब्यक्तिका लागि लाभदायी हुन्छ । एक गिलास दुधमा २४० मिग्रा क्याल्सिय पाइन्छ ।

 

यसका साथै हड्डी र दाँत बलियो बनाउन नियमित रुपमा हरिया सागसब्जी, मौसमी फलफूल पनि खानु आवश्यक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउन र आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको