माइग्रेन किन हुन्छ ? यसबाट कसरी जोगिने ?

बिहिबार, २१ बैशाख २०७४

 

माइग्रेन भनेको के हो ? माइग्रेन भनेको टाउको दुख्ने रोग हो । बारम्बार बल्कबल्क गरेर आधा टाउको दुख्ने रोग नै माइग्रेन हो । माइग्रेन हुँदा च्वास्च्वास् घोचे जसरी सहनै गाह्रो हुने गरी टाउको दुख्छ । मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । जसले गर्दा मस्तिष्क वरपरका रक्तनलीहरु सुनिन्छ र टाउको दुख्छ ।

 

माइग्रेन कुन उमेर समुहका मानिसलाई बढी हुन्छ ? माइगे्रन सबै उमेरका मानिसलाई हुन सक्छ । तर तुलानात्मक रुपमा बढी तनाव लिने मानिस र महिलालाई बढी हुन्छ । माइग्रेन हुने प्रमुख कारण : अहिलेसम्मको अध्ययन अनुसार माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन् ।

तर सामान्यतया यस्ता कारणले माइग्रेन हुन्छ :

१.वंशाणुगत गुण ।

२.मानसिक तनाव ।

३. चिया तथा कफिको बढी प्रयोग ।

४. अनिन्द्रा ।

५. धुम्रपान तथा मध्यपानको बढी सेवनले माइग्रेन हुने  व्यक्तिलाई अझ बढाउँछ  ।

६.पीडा कम गर्ने औषधि (पेनकिलर)को बढी प्रयोग ।

 

लक्षण : यो रोग लागेपछि लामो समयसम्म रहन्छ ।

व्यक्ति अनुसार फरक पर्नसक्छ यसका लक्षणहरु ।

१.टाउकाको एक भाग दुख्ने । (अति कम व्यक्तिलाई टाउकाको दुबै भाग दुख्न पनि सक्छ ।)

२.टाउकाको दाँया–बाँया, अगाडी–पछाडी सरिसरी एक भाग दुख्ने ।

३.वाक्वाकी लाग्ने, हात खुट्टा झम्झमाउने ।

४.कहिलेकाहीँ टाउको पछाडी घाँटीको केही भाग दुख्ने ।

५.अल्छि लाग्ने, थकाई लाग्ने ।

रोकथामका उपाय : यस रोगको खासै कुनै उपचार छैन् । तर स्वयं व्यक्तिले स्वास्थप्रति सचेतना अपनायो भने रोग लाग्नबाट बचाउन सकिन्छ । साथै रोग लागि हालेपनि कम गर्न सकिन्छ :

१.अत्याधिक क्याफिन हुने कुरा कफि, चिया, चकलेटहरुको प्रयोग नगर्ने ।

२.तनावबाट मुक्त हुने ।

३.घाममा धेरैबेर नबस्ने ।

माइग्रेन हुँदा दुखाई गर्ने धेरै औषधि सेवन गर्नु उचित हुँदैन


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको