अण्डाको बोक्राले पाउनुहोस् चम्किलो र जवान छाला, यी ८ टिप्सलाई एक पटक अवश्य अपनाउनुस्

बिहिबार, २१ बैशाख २०७४

केही समयअघि भएको एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउँछ । अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् ।

 

१. रोमछिद्रलाई खोल्ने गर्दछः

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ ।

 

२. छालालाई चम्किलो बनाउँछः

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् ।

 

३. बुढ्यौलीको संकेतलाई रोक्दछः

शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् । यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ ।

 

४. आँखा मुनीको सुख्खा छालाको उपचार गर्ने गर्दछः

यदि तपाईंको आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जिवित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् । दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउनुहोस् र यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ ।

 

५. छालाको जलनबाट आराम दिलाउँछः

थुप्रै मानिसहरुलाई छाला चिलाउनेजस्तो समस्या हुने गर्दछ । आफ्नो छालाको हेरबिचारको दिनचर्यामा अण्डाको बोक्रलाई समावेश गरेर तपाईं छालालाई आराम प्रदान गर्न सक्नुहुन्छ र छाला पोल्ने समस्या छ भने तुरुन्त आराम पाउन सक्नुहुन्छ । एक कप एप्पल साइडर भिनेगर लिनुहोस् र त्यसमा अण्डाको बोक्राको पाउडर मिसाउनुहोस् । यो मिश्रणलाई सेट हुन दिनुहोस् र यसलाई १० मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । अब यो मिश्रणलाई छालामा लगाउनुहोस् र जवान र चम्किलो छाला प्राप्त गर्नुहोस् ।

 

beautiful-lady

 

६. छालालाई चम्किलो र चम्किलो बनाउँछः

अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले धुनुहोस् । हप्तामा दुईपटक यो उपचारलाई अपनाउनुहोस् र चम्किलो, कोमल छाला पाउनुहोस् ।

 

७. छालाको गहिराईसँग सफाई गर्दछः

अण्डाको बोक्रा एक प्राकृति पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाको लागि निकै फाइदाजनक हुन्छ ।

 

८. छालालाई चम्किलो बनाउँछः

अण्डाको बोक्राले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडरमा थोरै कागतीको रस र कोयलाको पाउडर मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र आधा घण्टापछि पखाल्नुहोस् । अण्डाको बोक्रामा ब्लिचिङ र छालालाई चम्किलो बनाउने गुण पाइन्छ । यदि तपाईं छालालाई चम्किलो र जवान राख्न चाहनुहुन्छ भने यी तरिका अपनाउन सक्नुहुन्छ ।

 

अण्डाको बोक्राको पाउडर बनाउने तरिकाः

अण्डाको बोक्रादाई घाममा सुकाउनुहोस् । त्यसपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनुहोस् र प्रयोगमा ल्याउनुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको