तयारी चाउचाउको अत्याधिक सेवन गर्ने महिला सावधान

बिहिबार, २१ बैशाख २०७४

 

बजारमा पाईने तयारी चाउचाउ खाने महिलालाई स्वास्थ्यमा संकट आउने एक अध्ययनले देखाएको छ । बजारमा पाईने तयारी चाउचाउ कम्तिमा हप्तामा दुई पटक खाने महिलालाई उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हुने सम्भावना बढि हुन्छ ।

 

त्यस्तै नियमित चाउचाउ खाने महिलाको अनुहारको चमक हराउने जस्ता गम्भीर स्वास्थ्य समस्या देखिने अमेरिकी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।  अमेरिकाको जर्नल अफ न्यूट्रिसनका अनुसन्धानकर्ताले १० हजार सात सय ११ जना महिलामा गरेको सर्वेक्षणका आधारमा तथ्य निर्माण गरिएको हो । सवेक्षणमा सहभागी गराइएकामा आधा भन्दा बढि प्रौढ महिला थिए । चाउचाउको तीव्र सेवनबाट निम्तने परिवर्तनशिल लक्षणले हृदय रोग र मधुमेहको जोखिमलाई अझ बढाउने अध्ययताहरुको दावी छ । 

 

तयारी चाउचाउले कम्मरको वरीपरी अत्याधिक वोसो लगाउन पनि मद्दत गर्दछ । उनीहरुका अनुसार पोषण स्वतन्त्रताका कारयाले चाउचाउको बढ्दो प्रयोगले निम्त्याएको भयावह प्रभाव रोक्न कठिन हुने भएकाले चाउचाउको खपतमा सजग रहन सुझाव दिएका छन् । 

 

अनुसन्धानमा सहभागी हार्वड विश्वविद्यालयका न्यूट्रिसन एवं इपिडिमियोलोजी विषयका प्राध्यापक डाक्टर फ्रैंक हूले भने हामीलाई महिलाले परम्परागत आहार चामल, माछा, मासु, साग सब्जीको तरकारी वा घरमै तारेको खानेकुरा खाए भने केहि फरक थिएन । तर तिनीहरूले तैयारी चाउचाउ साप्ताहिक रुपमा दुई पटक खाए भने उनीहरू उच्च स्वास्थ्य समस्याको जोखिम मा पर्नेछन् । तर यो अध्ययनले महिला र पुरुष मध्ये गरेको अध्ययनमा महिलालाईमात्रै यस्तो जोखिम किन बढि भयो भन्ने विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको बताइएको छ ।

 

तथ्यांक सर्वेक्षणको आधारमा गरीएको अध्ययनमा पुरुषहरुको तुलनामा महिलाको आहारमा कार्बोहाइड्रेट, बोसो र लवण को प्रभाव बढी र संवेदनशील पाइएको थियो । यी सबै तत्व तयारी चाउचाउमा धेरै भेटिन्छ र यसले सवैभन्दा धेरै महिलालाई हानी गर्छ । एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको