दाँत कीराले खाने समस्याबाट पीडित हुनुहुन्छ ? विशेषज्ञ डा. शीतल श्रेष्ठका टिप्स्

बिहिबार, २१ बैशाख २०७४

 

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । यसबाट सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत विशेषज्ञ डा. शीतल श्रेष्ठका यस्ता छन् टिप्स् :

 

दाँत कसरी बिग्रन्छ ?
दाँत विग्रनुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो । दाँत सफा नगर्दा हामी खाएको खाने कुरा दाँतको कुना र भित्तामा टाँसिन्छन् । धेरै समय रहेपछि यस्ता टुक्राहरु कुहिन्छन् । जसकारण दाँतमा कीरा लाग्नुका साथै दाँतको जरा खुकुलो हुने, गिजा सुन्निने रगत आउने, दाँत हल्लिने, दुख्नेलगाएतका समस्या आउँछन् ।

 

दाँतको हेरचाहा कसरी गर्ने ?
–कम्तीमा २ पटक बिहान बेलुका खाना खाइसकेपछि राम्ररी ब्रस गर्ने । यसो गर्दा दाँतमा लामो समय फोहोर बस्न पाउँदैन र दाँत सफा हुन्छ ।
– धेरै गुलियो वा दाँतमा टाँसिने खानेकुरा खाँदा दात तुरुन्त ब्रस गर्ने ।
–सुत्ने बेलामा अन्त्यमा पानी पिउने । जसले गर्दा दाँतमा टासिएका कुराहरु पखालिन सहयोग पुग्छ ।
–दाँत सफा र चम्किलो बनाउने ध्येयमा कतिपयले घोटेर धेरै बस्र गर्छन् यसो गर्नु हुँदैन । २, ३ मिनेट हल्कासँग मिलाएर ब्रस गर्ने ।
–महिनाको एक पटक ब्रस परिवर्त गर्ने ।
–ब्रस गर्दा जहिले पनि ४५ डिग्रीको कोणमा घुमाएर नरम ब्रसले गर्ने ।
–कम्तीमा वर्षको एक पटक विशेषज्ञकहाँ दाँत चेक गराउनुपर्छ ।
–दाँतको हेरचाहा बच्चाको दाँत आएदेखि नै गर्नुपर्छ ।
–दाँत दुख्यो वा केही समस्या आइहाल्यो भने जथाभावी औषधी सेवन गर्नु हुँदैन । चिकित्सक सल्लाहा बमोजिम गर्नुपर्छ ।
–धेरै सारो कुरा नटोक्ने ।

 

दाँतको दुखाइ कम गर्न यसरी घरेलु उपाय प्रयोग गर्न सकिन्छ :
दाँत कीराले खाएको बेला दुख्दा यसो गर्नुस् जुन दीर्घकालीन समस्याको समधान भने होइन् । केही समय दुखाइ कम गर्न सक्छ ः
–दाँत दुखेको ठाउँमा लसुनको एक केस्रा थोरै वीरेनुनमा चोबेर राख्यो भने दुखाइ कम हुन्छ ।
– दैनिक लसुनको टुक्रा बिहान बिहान चपाउने गर्नुस् यसो गर्दा दुखाइ कम हुन्छ ।
–ल्वाङको तेल कपासमा भिजाएर दुखेको ठाउँमा राख्नुस् दुखाइ कम हुन्छ ।
–पुदिनाको पातलाई पिसेर दुखेको ठाउँमा राख्दा पनि दुखाइ कम हुन्छ ।

 

दाँतमा यसरी लाग्छ कीराः
दाँतमा कीरा छोटो समयमै लागिहाल्छ भन्ने होइन । ब्याक्टेरिया उत्पादन भएपछि बिस्तारै एसिड उत्पादन गर्छ र दाँत बिग्रँदै जान्छ । मानव शरीरको सबैभन्दा कडा भाग भनेकै इनामेल हो । इमनामेल छेडेर त्योभन्दा पनि भित्र गएपछि दाँतमा समस्या देखापर्छ । भित्री भाग डेन्टिनमा ब्याक्टेरिया पुगेपछि दाँत सिरिङसिरिङ गर्ने, कालो हुने, दुख्नेलगायतका समस्या आउँछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको