अनावश्यक रौँ हटाउने घरेलु उपाय

शुक्रबार, २२ बैशाख २०७४


शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन निम्न घरेलु उपायले समस्याको समाधान गर्न सक्छन् ।

– बजारमा ‘प्युमिक स्टोन’ नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ ।


– बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र  केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउदै जान्छ ।


– मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौ“ भएको ठाउ“मा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।

 

– चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउ“मा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दारौं कम हुदै जान्छ ।



–एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको