सुन्दरताका लागि नीमको पात

शुक्रबार, २२ बैशाख २०७४

 

नीम औषधिको खानी मानिन्छ । नीमले मानिसलाई रोगबाट मात्र बचाउदैन यसले छालामा पनि सुन्दरता ल्याउन मद्धत गर्छ । नीम खाँदा जति तितो हुन्छ त्यसको फाइदा त्यतिनै मिठो पनि हुन्छ । नीमको पात चपाएर खाँदा रगत शुद्ध हुन्छ भने त्यसको लेप अनुहारमा लगाउदा दाग, चाँया हट्ने र अनुहार चम्किलो हुन्छ ।

 

नीमको पात पानीमा उमालेर खाँदा त्यसले बिभिन्न रोगको संक्रमणबाट बचाउछ । नीमको तेल साबुन, शेम्पू, लोशन, मन्जन र क्रिम बनाउन प्रयोग गरिन्छ । नीमलाई सुन्दरताका लागि प्रयोग गर्न सके महंगा फेसियल क्रिमको आवश्यकता पर्दैन । नीमको डाँठले दाँत माझ्दा दाँत किराले खाने समस्याबाट मुक्ति मिल्छ ।


एजेन्सि 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको