सुधारका लागि १०२ अस्पतालले पाए थप ७१ करोड (कुन अस्पताललाई कति?)

शुक्रबार, २२ बैशाख २०७४

 

काठमाडौं– स्वास्थ्य मन्त्रालयले देशभरिका एक सय दुई वटा अस्पतालको सेवा सुदृढीकरणका लागि ७१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले अञ्चल अस्पतालदेखि जिल्ला अस्पतालसम्मको सुधारका लागि थप बजेट छुट्टाएको हो।

 

मन्त्रालयले विनियोजन गरेको उक्त रकम छनोटमा परेका अस्पतालहरुले भौतिक पूर्वाधारको सुधार र मर्मतमा खर्च गर्नुपर्ने स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। उनका अनुसार उक्त रकम विशेषगरी आकस्मिक कक्ष सुधार, ओपिडी, इनडोर सुधार, कुरुवा कक्ष निर्माण, शल्यकक्षको मर्मत, पोस्टमार्टम घर मर्मत तथा निर्माणसहित अस्पतालको अन्य भागको मर्मत र रङरोगन लगायतका शीर्षकमा खर्च गर्नुपर्छ।

 

सरकारी अस्पतालहरु फोहोरी र दुर्गन्धित हुने गरेको गुनासो आएपछि मन्त्रालयले सरकारी अस्पताललाई आकर्षक र सुन्दर बनाउँदै बिरामीमैत्री बनाउन छुट्टै रकम पठाएको हो।

 

निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगाडि नै सुनिश्चित भएको उक्त बजेट प्रक्रिया पूरा गर्दै अस्पतालहरुमा अख्तियारी दिन सुरु भएको उनले बताए। ‘वार्षिक कार्यक्रममा नभएको उक्त बजेट अर्थ मन्त्रालयबाट थप माग गरी ल्याइएको हो,’ उनले भने, ‘सरकारी अस्पतालको सुधारका लागि आएको थप बजेट भौतिक पूर्वाधारमा मात्र खर्च गर्नुपर्ने हुन्छ। यो बजेटबाट अस्पतालले उपकरण खरिद तथा मर्मत सम्भारमा खर्च गर्न पाउने छैनन्।’

 

मन्त्रालयले आवश्यकता र मागलाई ध्यानमा राखेर अस्पताललाई २० लाखदेखि एक करोड ८० लाख रुपैयाँसम्म बजेट पठाउने प्रक्रिया अगाडि बढाएको छ।

 

कुन अस्पतालले कति पाए थप बजेट

 



Source: Swasthyakhabr


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको