सेतो पाउरोटीले निम्त्याउँछ क्यान्सर, शरिरमा देखिन्छन् यी १० समस्या

शनिबार, २३ बैशाख २०७४

केही समयअघि ‘सेन्टर फर साइन्स एन्ड एन्भ्यारोमेन्ट’(सिएसई)को एक अध्ययनले धेरै ब्रेड खानाले क्यान्सरको खतरा हुने पत्ता लगाएको थियो । हालै ‘हेल्थ एन्ड न्यूट्रिशन एग्जामिनेसन सर्भे’ले खासगरी सेतो ब्रेडले स्वास्थ्यलाई नराम्ररो असर गर्ने देखाएको छ ।

 

१. मुटुमा असर – सेतो ब्रेडमा प्रोटीन, भिटामिन र फाइबर हुँदैन । यसमा सोडियम बढी हुने भएकाले मुटुको समस्या बढेर जान्छ ।

 

२. तौलमा असर – ब्रेडमा चिनी बढी हुन्छ । जो व्यक्ति दैनिक ब्रेड खाने गर्छन्, उनीहरुमा मोटोपन तीव्रगतिले बढेर जान्छ ।

 

३. कलेजोमा असर – अधिकांश ब्रेड मैदाबाट बनेको हुन्छ । मैदा आन्द्रामा टाँसिने गर्छ । यसले पौष्टिक अल्सर वा कलेजो खराब हुने संभावना रहन्छ ।

 

४. आत्तिने वा डराउँने – सेतो ब्रेडलाई सेतो बनाउँन ब्लीचिङ एजेन्ट्स हालिन्छ, जसमा क्लोरिनको मात्रा बढी हुन्छ । यसले व्यक्तिको आत्तिने वा डराउँने स्वाभावमा असर पार्छ ।

 

५. दाँतलाई गर्छ असर – यसमा स्टर्चको मात्रा बढी हुन्छ, जसले दाँत खराब गर्न सक्छ ।

 

६. पेटलाई असर – ब्रेडमा ग्लूटेनको मात्रा बढी हुन्छ, यसले पेट दुखाई, पखालाजस्ता समस्या हुन सक्छ ।

 

७. शरीरमा चिनीको मात्रा बढाउँछ – यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसले शरीरमा चिनीको मात्रा बढाउँछ र मधुमेहको समस्या हुनसक्छ ।

 

८. छालामा असर – सेतो ब्रेडमा रहेको स्याचुरेटेड र टान्स फ्याट्सजस्ता तत्वले गर्दा शरीरमा उत्पान्न हुने ‘सीबम’ले छालालाई ड्यामेज गर्छ ।

 

९. पाचन प्रक्रियामा समस्या – यसमा पोटासियम आयोडेटको मात्रा बढी हुन्छ । धेरै ब्रेड खाएमा पेट दुखाई वा वान्ता हुन सक्छ ।

 

१०. शरीरका कोशिकामा असर – ब्रेडमा पोटासियम ब्रोमेटको मात्रा बढी हुन्छ । यसले शरीरको कोशिकाहरुमा नोक्सान पुर्याउँछ र क्यान्सर हुनसक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको