ब्लडप्रेसर नियन्त्रणमा राख्ने उपायहरुः

मङ्गलबार, ०४ असोज २०७३

व्यस्त जीवनशैली र अव्यवस्थित खानपानले अहिले अधिकांश नेपाली युवा अवस्थामै हाई ब्लडप्रेसरको सिकार भएका छन् । हाई ब्लडप्रेसरले हर्टअट्याक, मिर्गौलारोग र दिमागमा स्ट्रोकको खतरा बढ्ने विभिन्न अध्ययनले देखाएको छ । जीवनशैली, खानपान र कतिपय सामान्य बानीमा सुधार गरे ब्लडप्रेसर नियन्त्रणमा राख्न सकिने बेलायतमा भएको एक अध्ययनले देखाएको छ :

  • हरेक दिन कम्तीमा दुई दाना फलफूल र एक कचौरा तरकारी खाने । यस्तो खानाले शरीरमा आवश्यक पोटासियमको मात्रा पूर्ति गर्छ र ब्लडप्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ ।
  • सधैँ नुनको मात्रा कम गर्नुपर्छ । धेरै नुनले शरीरमा सोडियमको लेभल बढाउँछ । सोडियम लेभल हाई हुँदा ब्लडप्रेसर पनि बढ्छ ।
  • ब्लडप्रेसर नियन्त्रणमा राख्न हरेक दिन डेरीका उत्पादन खाने सवालमा विचार पु-याउनुपर्छ । डेरीका उत्पादन सकेसम्म कम र ‘लो फ्याट’ भएको मात्र खानुपर्छ । लो फ्याट डेरी प्रोडक्टले कोलेस्ट्रोल बढ्न दिँदैन र ब्लडप्रेसर नियन्त्रणमा रहन्छ ।
  • कम्मरको मोटाइ हाई ब्लडप्रेसरको एउटा मूल कारण बनिदिन सक्छ । पुरुषले ४० इन्च र महिलाले ३५ इन्चभित्रै कम्मरको मोटाइ नियन्त्रणमा राख्नुपर्छ । मोटाइ नियन्त्रणमा राख्न खानपान र कसरत महत्वपूर्ण हुन्छ ।
  • हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक कसरत गर्दा ब्लडप्रेसर कन्ट्रोलमा रहन मद्दत मिल्छ । कसरतमा साइक्लिङ, स्विमिङ र डान्सिङ राम्रो हुन्छ ।
  • ‘प्रोसेस्ड फुड’ खाँदा पनि ब्लडप्रेसर हाई हुनसक्छ । यसमा नियन्त्रण गर्न जरुरी छ । प्रोसेस्ड फुडमा सोडियम धेरै हुने भएकाले ब्लडप्रेसर सन्तुलनमै समस्या पार्छ ।
  • स्ट्रेसले पनि ब्लडप्रेसर निम्त्याउँछ । त्यसैले स्ट्रेस कम गराउनुपर्छ । मेडिटेसन तथा साथीभाइसँग रमाइलो गरेर स्ट्रेस कम गर्न सकिन्छ ।
  • मद्यपान र धुम्रपान गर्नेहरूमा हाई ब्लडप्रेसरको खतरा उच्च हुन्छ । चुरोट पिएपछि ब्लडप्रेसर बढ्छ । रक्सी धेरै पिउँदा पनि ब्लडप्रेसर र स्ट्रेस बढाउँछ । त्यसैले सधैँ यस्ता कुलतबाट टाढा रहनुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको