सेयर दलालको चुक्तापूँजी दश गुणा बढ्यो, अब शाखा खोल्न पनि धितोपत्र बोर्डको स्वीकृति अनिवार्य

शुक्रबार, ०५ जेठ २०७४


नेपाल धितोपत्र बोर्डले सेयर दलाल कम्पनीहरुको चुक्तापूँजी २० लाख बाट दश गुणा बढाउनेगरी नियमावलीमा संशोधन गरेको छ । अहिले अधिकांस शेयर दलाल कम्पनीहरुको चुक्तापूँजी २० लाख रहेकोमा अब उनीहरुले दुई करोड पुर्याउनु पर्ने भएको छ ।

 

 

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा संसोधन गरि ब्रोकरको पुँजी २० लाख रुपैयाँबाट २ करोड पुर्याउने निर्णय गरेको हो ।

 

साथै धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुले बोर्डको स्वीकृति लिएर मात्रै शाखा विस्तार गर्नुपर्ने अनिवार्यगरी आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु ताकेको छ ।

 

यसअघि नेप्सेले नै ब्रोकरहरुलाइ शाखा खोल्न स्वीकृति दिने व्यवस्था रहेको थियो ।

 

हाल कतिपय धितोपत्र दलाल व्यवसायीहरुकले शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानहरुवाट सेवा प्रदान गर्दे आईरहेका अवस्थामा शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा रहने जोखिम समेतलाई मध्यनजर गर्दै दलाल व्यवसायीको पूँजी बढाईएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

 

त्यस्तै, ब्रोकरको मुख्य कार्यालयमा कम्तिमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने व्यवस्था पनि थपेको छ ।

 

ब्रोकर कम्पनीको परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने, शाखा कार्यालयको लागि पनि वोर्डले यस्ता कर्मचारी तोक्ने समेत व्यवस्था भएको पनि गरेको छ । संशोधित व्यवस्थानुसार वोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लाने बताएको छ ।


Source: Merolagani 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको