औषधिको मूल्य निर्धारण र जेनेरिक प्रेस्किप्सन लागू गर्न फार्मेसी संघको माग

सोमबार, ०८ जेठ २०७४

 

काठमाडौं– नेपाल फार्मेसी संघले औषधिको मूल्य निर्धारण र जेनेरिक प्रेस्किप्सन लागू गर्न माग गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गरी सरकारसमक्ष चार बुँदे माग राखेको हो।

 

संघले जेनेरिक प्रेस्किप्सन लागू गर्नुपर्ने, औषधिमा बोनस, स्किम र नेट मार्केटको अन्त्य गरिनुपर्ने, सबै प्रकारका औषधि र औषधिजन्य सामाग्रीको अधिकतम खुद्रा मूल्य निर्धारण गरिनुपर्ने, अनुचित नाफाखोरी र कालाबजारी गर्ने विरुद्ध कालाबजारी ऐन अन्तर्गत कारबाही गरिनुपर्ने माग गरेको छ।

 

संघले विज्ञप्तिमा कडा औषधिको मूल्य नियन्त्रण गर्ने सरकारी निर्णयको स्वागत गरेको छ।

 

स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनमा आयातकर्ताहरुले कडा रोगका औषधिमा २२ सय प्रतिशतसम्म नाफा लिने गरेको भेटिएको थियो। सो अध्ययन पश्चात मन्त्रालयले औषधिको मूल्य नियन्त्रण गर्ने र महँगा औषधि सरकारले खरिद गरी अस्पताल फार्मेसीबाट बिक्रीवितरण गर्ने निर्णय गरेको छ।

 

सरकारको यो निर्णयको विरोधमा आयातकर्ताहरुले आन्दोलन जारी राखेका छन्। आयातकर्ताहरुको आन्दोलनलाई औषधि व्यवसायी संघ, फार्मेसी संघ, नेपाल औषधि उत्पादक संघले निन्दा गरेका छन्।

 


यस्तो छ संघको विज्ञप्ति

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको