स्वास्थ्य सेवामा नेपाल भन्दा भारत पछाडी

सोमबार, ०८ जेठ २०७४

 

हेल्थकेयरमा नेपाल एशिया राष्ट्रहरुमा निकै नै राम्रो रहेको एक तथ्याकंले देखाएको छ ।  एशिया राष्ट्रहरुको अन्य देशहरुको तुलनामा भारत धेरै नै पछाडी रहेको छ । यो रिपोर्ट लण्डनको मेडिकल The Lancet  मा प्रकाशित गरिएको छ । The Lancet  भनिएको छ , “स्वास्थ्य सुचकांकमा भारतको अवस्था अन्य एशियाली देशहरुको तुलनामा धेरै नै कमजोर छ । हेल्थकेयरमा बंगलादेश, भूटान, श्रीलंका, नेपाल र चीन भन्दा भारत तल्लो स्थानमा छ ।”

 

रिपोर्टमा १ सय ९५ देशहरुबाट लिइएको तथ्याकंमा भारतको अवस्था कमजोर देखाइएको छ । सन् १९९० देखि २०१५ अर्थात २५ वर्ष सम्म गरिएको उक्त सर्वेमा भारतमा सामाजीक–आर्थिक उन्नती भएपछि हेल्थ केयरमा भने भारतले कुनै पनि प्रगति नगरेको पाइएको छ । रिपोर्टका अनुसार, भारतको स्वास्थ्य सुचकांकमा १४ दशमलव १ प्रतिशतले बृद्धि भएको छ । पछिल्लो २५ वर्षमा यो ३० दशमलव ७ बाट बढेर ४४ दशमलव ८ पुगेको छ । तरपनि यो बढोतरी अंक सार्कका अन्य राष्ट्रहरु श्रीलंका (७२.८), बंगलादेश (५१.७), भूटान (५२.७७) र नेपाल (५०.८) भन्दा धेरै कम छ ।  रिपोर्टमा भनिएको छ, “Neonatal disorders बाट हुने  मृत्युको रोकथाम गर्नका लागि नराम्रो तथ्याकं हो, जसले इन्डेक्सको रेट १४ देखिएको छ । ”

 

यी रोगहरुमा पछि छ भारत

वाथ मुटुरोगमा भारतले २५ अंक प्राप्त गरेको छ भने क्षयरोगमा २६, किड्नी रोगमा २० अंक प्राप्त गरेको छ । त्यस्तै मधुमेहमा ३८, ऐपेन्डिक्समा ३८ र अल्सर रोगमा ३९ अंक प्राप्त गरेको छ । यसैगरी, सार्क राष्ट्रहरुमा भारत पछि रहेपनि पाकिस्तान र अफगानिस्तान यस्ता देशहरु छन् जुन भारत भन्दा पनि पछि रहेको छ । स्वास्थ्य सुचकांकमा पाकिस्तानको ४३ दशमलव १ अंक छ भने त्यहि अफगानिस्तानको स्वास्थ्य सुचकांक ३२ दशमलव ५ रहेको छ ।   (एजेन्सी)

Source: http://www.hamrodoctor.com/news/5921089943e0b


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको