नारायणी पश्चिममा एक वर्षमा भेटियो १० जनामा कालाजार

बिहिबार, १८ जेठ २०७४

 

रुपन्देही – नारायणी पश्चिममा कालाजारका बिरामी भेटिएका छन्। लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत साउन देखि जेठ सम्म १० जना  बिरामी उपचार गर्ने आएको अस्पतालको रेकर्डमा उल्लेख गरिएको छ । लुम्बिनी अञ्चल अस्पतालमा  बिभिन्न जिल्लामाबाट आएका  १० जना बिरामी फेला परेका छन् ।  सरकारका केही अधिकारीले भने नारायणी पश्चिममा कालाजारका बिरामी नरहेको बताएका थिए ।


यस क्षेत्रका अन्य संस्थाको रेकर्ड नभएपनि नारायणी पश्चिममा  यसका  रोगी बढदै गएको लुम्बिनी अञ्चल अस्पतालका  वरिष्ठ फिजीसियन डा बिष्णु प्रसाद पौडेलले बताए ।  अस्पतालका सुचना अधिकृत  लक्ष्मीराज रेग्मीका अनुसार  पाल्पाबाट एक, जना रुपन्देहीबाट तीन,  दाङबाट एक,  प्युठानबाट दुई, कपिलबस्तुबाट एकको उपचार भएको हो ।  


कालाजारको औषधि अहिले  लुम्बिनी अञ्चल अस्पतालबाट निःशुल्क पाइने  स्टोर  प्रमुख नमनारायण बेलवासेले बताए । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको