आयुर्वेद तथा अनुसन्धान केन्द्रको अन्तरङ्ग सेवा

शुक्रबार, १९ जेठ २०७४

 

काठमाडौँ, राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्रको कीर्तिपुरमा अन्तरङ्ग सेवा सुरु भएको छ ।

 

एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योग जस्ता सेवा सो केन्द्रले दिने छ ।

 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो सेवाको आज उद्घाटन गर्दै नयाँ संरचनानुसार प्रत्येक गाउँपालिकादेखि महानगरपालिकासम्म आयुर्वेद तथा वैकल्पिक चिकित्साको विकास गरिने बताए ।

 

आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले मुलुकमा रहेका लोपोन्मुख जडीबुटी तथा खनिज तत्वलाई संरक्षण तथा विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिए ।

 

केन्द्रका अध्यक्ष डा ऋषिराम कोइरालाले हस्तलिखित ग्रन्थबाट विकास भएका उपचार पद्धति आयुर्वेदमा अपनाइने भए पनि त्यसको सिद्धान्त, मान्यता तथा अभ्यासलाई थप खोज अनुसन्धान गर्ने उद्देश्य केन्द्रले लिएको बताए । केन्द्रका कार्यकारी निर्देशक सिद्धार्थकुमार ठाकुरका अनुसार चीन सरकारको सहयोगमा करिब ३० रोपनीको क्षेत्रफलमा रु डेढ करोडको लागतमा सो संस्था स्थापना गरिएको र जडीबुटी तथा प्राकृतिक स्रोतको अनुसन्धान र स्तरीकरणका लागि केन्द्रले काम गर्ने जानकारी गराए। रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको