किशोरी बलात्कार गर्ने एमबीबीएसका विद्यार्थी जेल चलान
शुक्रबार, १९ जेठ २०७४

पाल्पा, छिमेकीको घरमा डेरागरी बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमबीबीएसका विद्यार्थी जेल चलान भएका छन् । लुम्विनी मेडिकल कलेजमा एमबीबीएस अन्तिम बर्षका विद्यार्थी २१ बर्षीय सरोज अधिकारी जेल चलान भएका हुन् ।
बारुदखानस्थित आफ्नो घर नजिकै डेरागरी बस्ने युवतीलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा उनलाई पाल्पा प्रहरीले गत महिना पक्राउ गरेको थियो ।
अस्पतालको रिपोर्टमा समेत बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालत पाल्पाले उनलाई गत साता पूर्वपक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रमेश पंडितले बताए।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्