सेक्सबारे जान्नै पर्ने कुराहरु

सोमबार, २२ जेठ २०७४

 

एजेन्सी,  समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ ।

 

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

 

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।

 

यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

 

मोटोपन घटाउन सेक्स गर्नुहोस्

 

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ ।

 

जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ ।सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको