मन्त्री र अध्यक्षसँग ‘स्पिरिट’ नमिल्दा कान्तिका निर्देशक हटाइए, नयाँ निर्देशकमा डा. राई

मङ्गलबार, २३ जेठ २०७४

 

काठमाण्डौ, दशमहिना अघिमात्र कान्ति अस्पतालको निर्देशकमा नियुक्त भएका डा. अजित रायमाझीलाई स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट हटाइएको छ ।  चन्द्रेश्वर महासेठको कार्यकाल सकिएसँगै गतवषै साउनमा निर्देशक बनेका रायमाझीको अस्पताल विकास समितिका अध्यक्ष सुबोधराज आचार्य र स्वास्थ्यमन्त्री गगन थापासँग कामको ‘स्पिरिट’ नमिल्दा उनलाई हटाइएको बुझिएको छ । उनलाई हटाइएसँगै मन्त्री थापाले अस्पतालको नयाँ निर्देशकमा बरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा गणेश कुमार राई नियुक्त गरेका छन् ।

 

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री थापाले कान्ति अस्पताल सुधार गर्न मन्त्री भएलगत्तै थालेको अभियान सफल बनाउन नसकेको र सुस्त गतिमा काम गरेको आरोप रायमाझीलाई लगाइएको छ । आइसियू विस्तार र सञ्चालन लगायत काम गर्न अस्पताल विकास समितिले भनेझैं काम गर्न नसकेको भनेर उनी र समितिका अध्यक्ष सुबोधराज आचार्यबीच लामो समयदेखि टकराव चलेको थियो । 

 

विकास समितिले उनलाई पहिल्यैदेखि हटाउन खोजेपनि मन्त्रीले आलोचना हुने देखेर नहटाएको बुझिएको छ । विकास समितिका अध्यक्ष र अस्पताल निर्देशकबीचको टकरावले कामनै प्रभावित हुने देखेपछि निर्देशक परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालय स्रोतको दावी छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको