अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

मङ्गलबार, २३ जेठ २०७४

 

कञ्चनपुर, अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । 

 

गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो । 

 

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रुपराम तिरुवाका अनुसार वार्षिक अधिकतम ५० दिन हिउँदे, बर्खे र स्थानीय बिदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएकोे छ । 

 

बैठकमा जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, विद्यार्थी सङ्गठनका प्रतिनिधि, शिक्षक सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता थियो । रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको