भेनस अस्पतालकै फार्मेसी अवैध, अनुगमन टोलीले गर्यो शिलबन्दी
मङ्गलबार, २३ जेठ २०७४

काठमाण्डौको निकै नाम चलेको भनिएको भेनस अस्पताल मध्यबानेश्वरको फार्मेसी नै अवैध रहेको पाइएको छ । वाणिज्य मन्त्रालय लगायतको टोलिले आज गरेको अनुगमनका क्रममा मध्यवानेश्वर स्थित भेनस अस्पतालको फार्मेसी बिना दर्ता सञ्चालनमा रहेको पाइएको हो ।
गैरकानुनी रुपमा फार्मेसी सञ्चालन भएको पाइएपछि टोलिले अस्पतालको फार्मेसीमा शिलबन्दी गरिदिएको छ । फार्मेसी अवैध रुपमा सञ्चालन भएको पाइएपछि कारवाहीका लागि प्रक्रिया अघि बढाईने अनुगमन टोलिका आपूर्ति व्यवस्थापना महाशाखाका शाखा अधिकृत श्री प्रसाद अधिकारीले जानकारी दिए ।
शिलवन्दी भएको उक्त फार्मेसीले कारवाहीको प्रक्रीया सकिएपछि मात्रै पुनः सञ्चालनमा आउन प्रकृया थाल्नुपर्नेछ । अनुगमन वाणिज्य तथा आपुर्ती ब्यवस्था विभाग, औषधी ब्यवस्था विभाग, उपभोक्ता हितकर्मी, सुरक्षा निकाय लगायतको टोलीले गरेको हो ।
अनुगमनका क्रममा अन्य विभिन्न ८ वटा फार्मेसीमा म्याद गुज्रिएको औषधि फेला परेपछि चेतावनी दिएर छाडिएको छ । एकहप्तासम्म अनुगमन जारी रहने बताइएको छ ।

To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्