सुतेका बेला गरिने यी गल्ती, जसले अनुहारको चमक हराउँछ

बिहिबार, २५ जेठ २०७४

 

किन अनुहार चमकहिन बन्छ ? किन छाला रुखो हुन थाल्छ ? धेरैको मनमा यहि प्रश्न उब्जिन्छ । त्यही कारण अनुहारको हेरचाहमा बढी नै ध्यान दिन थाल्छन् ।

 

महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकन्छ त ?

 

अनुहारको प्राकृतिक चमक फर्काउनका लागि सौन्दर्य प्रसाधनमा मात्र निर्भर भएर पुग्दैन । त्यससँगै स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । खानपानदेखि सरसफाईसम्ममा ध्यान दिनुपर्छ ।

 

त्यसबाहेक अरु थुप्रै कारण छन्, जसले अनुहारको चमक हराउँछ । जस्तो कि, तपाईको सुत्ने शैली । अनौठो लाग्न सक्छ, सुत्ने शैलीले पनि सौन्दर्यमा प्रभाव पर्छ । कसरी ?

 

पेटको बलले सुत्नु

अनुहारको चमक हराउनमा तपाईको सुत्ने शैली पनि जिम्मेवार छ । तपाईको सुत्ने पोजिसन यस्तो नहोस्, जसले स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्छ । खासगरी पेटको बलले सुत्नु हानिकारक हुन सक्छ । यसरी सुत्दा तपाईको शरीरका कति अंगहरुमा प्रत्यक्ष असर पुग्छ र कार्य-संचालनमा वाधा पुग्छ । यही कारण अन्य शारीरिक समस्यासँगै अनुहारको चमक पनि हराउँछ ।

 

फोहोर सिरानीमा सुत्नु

यदि तपाई फोहोर, भद्दा सिरानी प्रयोग गरिरहनुभएको छ भने त्यसले पनि तपाईको अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि रेशमको सिरानी सबैभन्दा उपयोगी मानिन्छ ।

सुत्नुअघि फोनको प्रयोग

धेरैको बानी हुन्छ, ओछ्यानमा ढल्किसकेपछि मोवाइल चलाउने । यसले तपाईको निन्द्र खलबल्याउने त छदैछ, अनुहारको चमक पनि हराइदिन्छ । मोवाइलको प्रकाशको सोझो असरले अनुहारको छालामा हानी पुर्‍याउँछ ।

 

केस फिजाएर सुत्ने

यदि राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले अनुहारको छालामा केहि न केहि असर गर्छ । खासगरी केसमा लगाइएको तेल एवं क्रिमले अनुहारको छालाको रोमछिद्र बन्द गर्न सक्छ ।

 

अनुहारमा कसरी चमक ल्याउने ?

– पेट सफा राख्ने
– कब्जियत हुन नदिने
– पानी एवं झोल पदार्थ पर्याप्त पिउने
– तारेको, मसलेदार खानेकुरा सेवन नगर्ने
– ताजा फल, सब्जी सेवन गर्ने
– रगत सफा एवं शुद्ध राख्ने उपाय खोज्ने


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको