जाडोमा खजूर एकदमै गुणकारी, जान्नुहोस् ५ फाइदा

मङ्गलबार, १२ पुष २०७३

 

जाडो मौसममा खजुर खाएर धेरै लाभ लिन सकिन्छ । खजूरमा पोषक तत्वहरुको भण्डार हुन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ ।

 

जान्नुहोस्, खजूरका निम्न ५ फाइदा:

 

हड्डीलाई बलियो बनाउँछ –

 खजूरमा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ । यस्तै, यसमा पाइने क्यालसियम, सेलेनियम, म्यागनीज र कपरको मात्राले पनि बलियो बनाउँछ ।

 

 

रोग प्रतिरक्षा शक्ति – 

खजूरको सेवनले तपाईको प्रतिरक्षा शक्तिलाई बढाउँछ । यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

 

छालाको लागि फाइदाजनक –

खजूरले छालालाई पनि फाइदा पुर्याउँछ । खजूर खानाले अनुहारमा चमक र निखारता आउँछ ।

 

 

वजन बढाउँछ – 

यदि तपाईको वजन कम छ भने खजूर जरुर खाने गर्नुहोस् । यसले तपाईको वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ । यसका लागि दैनिक चारदेखि पाँच वटा खजूरका दाना नियमित खाने गर्नुपर्छ ।

 

तुरुन्त ऊर्जा दिन्छ –

यदि तपाईलाई थकाई महशसु भएको बेला खजूर खानु भएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ । खजूरमा ग्लूकोज, फ्रक्टोल र सुक्रोज आदि तत्व पाइन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको