कुुन रक्तसमूहलाई कस्तो मेकअप ?

आइतबार, २८ जेठ २०७४

 

सुन्दर मुहार बनाउने लालसामा अधिकांश व्यक्ति विभिन्न ब्युटी प्रोडक्ट प्रयोग गरिरहेका हुन्छन् । उनीहरूको एउटै मान्यता रहने गर्छ कि विभिन्न प्रकारका क्रिम या उपचारले सौन्दर्यमा निखार ल्याउन सकिन्छ । आफ्नो स्किन टाइपअनुसार विभिन्न प्रकारका प्रोडक्ट पनि प्रयोग गरिन्छ । तर, स्किन टाइपलाई मात्र आधार मानेर यस्ता प्रोडक्ट खरिद गर्र्नुभन्दा आफ्नो कुन रक्तसमूह छ, पत्ता लगाउनु पनि फाइदाजनक नै हुन्छ । किनभने, फरक मानिसमा हुने फरक रक्तसमूहलाई उस्तै प्रकृतिको सौन्दर्य सामग्री उपयुक्त हुन्छ भन्ने हुँदैन । सोही कारण रक्तसमूहअनुसार ब्युटी प्रोडक्ट प्रयोग गर्नु तथा केयर गर्नु पनि निकै फाइदाजनक हुन्छ । यस्तो बानीले जोकोहीलाई पनि निकै सकारात्मक परिणाम दिन्छ । सामान्यतः मानिसको शरीरमा हुने रक्तसमूहअनुसार उपयुक्त हुने ब्युटी प्रोडक्ट र केयर गर्ने तरिकाबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन् :

 

रक्तसमूह ‘ए’

रक्तसमूह ‘ए’ भएका व्यक्तिहरूको स्किन पोर्स निकै छोटो हुन्छ । जसले गर्दा अनुहारमा चिल्लोपन, पसिना, पिम्पल्स तथा अन्य खटिरा आएर समस्या निम्तिरहन सक्छ । यसका साथै ‘ए’ रक्तसमूह भएका महिलाहरूले मेकअप गर्दा पनि खासै साइड इफेक्ट नपर्ने हुन्छ । यो ग्रुपको रक्तसमूह भएका महिलाको स्किनमा ओलिभ आयल निकै नै लाभदायक मानिन्छ । ओलिभ आयलले स्किनलाई नरम तथा कोमल बनाउन मद्दत गर्छ ।

 

रक्तसमूह‘बी’

‘बी’ रक्तसमूह भएका व्यक्तिहरूको छाला ज्यादै नै संवेदनशील हुन्छ । सोही कारण कुनै पनि मौसम या तापक्रममा परिवर्तन आउनासाथ त्यसको प्रत्यक्ष असर अनुहारमा पनि देखिन थाल्छ । यो रक्तसमूहका व्यक्तिको स्किनको पिएच लेभल ४.८ देखि ५.८ सम्म हुन्छ । सोही कारण यस्ता व्यक्तिले ब्युटी प्रोडक्ट प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । यस्ता प्रोडक्टको पिएच लेभल ७ भन्दा बढी भएको प्रयोग नगर्नु नै फाइदाजनक हुन्छ ।

 

रक्तसमूह ‘एबी’

जसको रक्तसमूह ‘एबी’ हुन्छ, सो व्यक्तिको छाला पनि निकै बलियो हुन्छ । यस्ता व्यक्तिको छालामा कुनै पनि मौसम या तापक्रमले खासै असर पार्न सक्दैन । तर, यस्तो खालको छाला भएको व्यक्तिको अनुहारमा दादको भने असर देखिन सक्छ । त्यसैले यस्तो रक्तसमूह भएका व्यक्तिहरूले एग ह्वाइट फेस प्याक या मास्क प्रयोग गर्नु निकै लाभदायक हुन्छ । त्यति मात्र होइन, यो रक्तसमूह भएका व्यक्तिको अनुहारको रङ या चमक पनि अन्यभन्दा निकै फरक देखिएको हुन सक्छ ।

 

रक्तसमूह ‘ओ’

‘ओ’ रक्तसमूह भएका व्यक्तिको छालालाई अन्य व्यक्तिको तुलनामा केही आरामको आवश्यकता पर्छ । किनकि, यस्ता व्यक्तिको छालामा बढी थकान देखिइरहेको हुन्छ । त्यसैले पनि यस्ता व्यक्तिहरूलाई दैनिक आठ घन्टाको निद्रा अत्यावश्यक हुन्छ । यसले छालाको छिद्रलाई बढाउँदैन, जसले गर्दा अनुहार सुक्खा हुनबाट जोगाउन सहयोग पुर्‍याउँछ । यसका साथै ‘ओ’ रक्तसमूह भएका व्यक्तिहरूको स्किनमा फोम बेस्ड फेसियल तथा क्लिन्जर प्रयोग पनि नगर्नु नै  उत्तम हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको