अत्याधिक पोर्न फिल्म हेर्ने बानी छ भने यो पढ्नुहोस्

आइतबार, २८ जेठ २०७४

 

एजेन्सी । अत्याधिक पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यको हिसावले पनि राम्रो मानिदैन । साथै यसले सामाजिक सम्बन्धमा पनि प्रभाव पार्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।


विवाहितहरुले पोर्न हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने एक अध्ययनले देखाएको छ । विवाहित व्यक्तिहरुले पोर्न हेर्न थालेपछिको वर्षहरुमा नहेर्नेको तुलनामा सम्बन्धविच्छेद हुने सम्भावना दोब्बर हुने अमेरिकामा गत वर्ष गरिएको एक अध्ययनले जनायो ।


यद्यपि दम्पत्तीले साथमै बसेर पोर्न हेरेमा यसको नकारात्मक असर केही कम हुने जनाइएको छ ।त्यस्तै पोर्न हेर्न छोड्दा महिलाहरुमा सम्बन्धविच्छेदको जोखिम घट्ने तर पुरुषमा नघट्ने देखिएको छ ।


सो अनुसन्धानका लेखकहरु वैवाहिक जीवन, पोर्नको आदतजस्ता विषयहरुमा सर्वेक्षणपश्चात यस्तो निष्कर्षमा पुगेको जनाइएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको