संसारमा चलेकै छ ‘सेक्सलेस म्यारिज’

आइतबार, २८ जेठ २०७४

 

खासगरी विवाहलाई यौनसँग जोडेर व्याख्या गरिन्छ । पूर्वीय समाजमा सन्तान उत्पादन वा पुस्ता निरन्तरताका लागि पनि विवाहमा यौन अनिवार्य रहेको ठहर हुन्छ । कतिपयले सन्तान नभएको खण्डमा बहुविवाहलाई समेत समाजमा स्थापित गरिरहेका छन् । तर, संसारमा यौनशुन्य (सेक्सलेस) विवाह पनि चलनचल्तिमा रहेका छन् । यो प्रतिशतको हिसावले अति कम भएपनि यसको प्रयोग नेपालमा पनि परोक्ष रूपमा देखिएकै छन् ।


सेक्सलेस म्याजिज भनेको त्यस्तो विवाह हो जहाँ जोडीबीचमा यौन सम्पर्क वा यौनजन्य कृयाकलाप हुँदैनन् । १९९४ मा अमेरिकाको राष्ट्रिय स्वाथ्य र सामाजिक जीवन सर्वेले दुई प्रतिशत विवाह त्यस्तो हुने गरेको देखाएको थियो । सर्वेमा २० प्रतिशत जोडी यौनजन्य कृयाकलापबाट टाढा रहेको देखिएको थियो ।


न्युजवीक म्यागेजिनले गरेको एउटा अध्ययनले १५ देखि २० प्रतिशत जोडी यौनजन्य कृयाकलापमा संलग्न नभएको रिपोर्ट जारी गरेको थियो । ति जोडीले यौनलाई प्राथमिकता नदिएको म्यागेजिनको रिपोर्टमा उल्लेख छ । यौनशुन्य विवाहका सम्भावित कारणहरू ओभरटाइम पनि हुने गरेको साइकोथेरापिस्ट टिना टेसिनाले बताएकी छिन् । उनले भनिन्,‘यस्तो विवाहको सामान्य कारणचाहीँ केही जोडी भावनामा मात्रै बाँच्न चहान्छन्, कतिपय चाहीँ जोडी नै निक्कै व्यस्त हुनु पनि हो भने कतिपयको सञ्चार वा संवादमा समस्याले पनि हुने गरेको पाइन्छ ।’


स्वास्थ्य यौन विशेषज्ञ चिकित्सक जुडिथ स्टेनहाथले विश्वासको कमी, असमझदारी, बालबालिकाको दबाबका कारणले पनि वैवाहिक जीवनमा यौन नहुनसक्ने जनाएका छन् । केही जोडीको यौनशुन्य जीवन हुनुको कारणचाहीँ उनीहरूको व्यवस्तता र फरक जीवनशैली पनि हुने बताइएको छ । खासगरी यौनशुन्य विवाहका दुई कारण रहेको विशेषज्ञहरू बताउँछन् । जोडी मध्येका एकजनालाई यौनको तिव्र चाहना नहुनु र अर्काचाहीँ जोडीलाई छल्ने प्रवित्ति पनि हो ।


यौनशुन्य विवाहको अर्को खास कारणचाहीँ यौनप्रति धार्मिक आस्थाको आक्रमण पनि हुनसक्ने विश्लेषण धेरैले गरेका छन् । कतिपयले विवाह गरेपनि यौनबाट सर्नसक्ने रोगको भयका कारणले पनि वैवाहिक जीवनलाई यौनशुन्य राख्न चहानेहरू पनि केही प्रतिशत रहेको विशेषज्ञहरू दाबी गर्छन् ।


कतिपय जोडीमा नदेखिने यौन व्यवाहार अन्य व्यवाहारबाट प्रभावित पनि हुनसक्छ । औपचारिकताका लागि विवाह गरेका जोडीले राजश्व छलीका लागि मात्रै पनि विवाह गरेको हुनसक्ने भएकाले त्यस्तो वैवाहिक जीवनमा यौन प्रधान नहुने अनुमान गरिन्छ ।


नेपालबाट युरोप, अमेरिका र अस्ट्रेलियातिर भासिएका कतिपय परिवारको यौन जीवन नरहेको दाबी गरिन्छ । आचैपचारिकताका लागि मात्रै पनि त्यस्ता जोडीले यौनजीवनलाई प्रधान नमानेको हुनसक्ने अनुमान गरिएको छ । यता, कतिपय जोडीको विवाह भएपनि आफ्ना जोडी लामो जेल सजायमा परेका कारणले पनि वैवाहिक जीवन सेक्सलेस हुने र त्यसको स्वीकारोक्ति पनि चलिरहेको देखिएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको