स्पा लिन चाहनु हुन्छ ? ब्लड ग्रुप अनुसारको लिनुस्

बुधबार, ३१ जेठ २०७४

 
यदि तपाईँलाई पार्लर गएर मसाज गराउन र स्पा लिन मन पर्छ भने केही नयाँ कुरा थाहा पाउनुहोस् । समय सँगसँगै स्पा र मसाजको क्षेत्रमा पनि धेरै नै परिवर्तन आएको छ । अब नयाँ नयाँ स्पा ट्रिटमेन्ंट र मसाजको विकल्प तपाईँसँग छ । केहि ट्रिटमेन्ंट जुन पुरानो परम्परा र उपायसँग सम्बन्धित छ भने अब केहि नयाँ र अनौठो विधिहरु पनि आएका छन् ।
 
स्पा र मसाज गराउनुको मुख्य उद्देश्य शारीरिक र मानसिक थकाइबाट राहत पाउनु हो । यस क्रममा शरीरका विभिन्न भागमा केहि विशेष तरिकाले दबाब दिने गरिन्छ, जसले शरीरको विभिन्न भागमा हुने दुखाईमा राहत प्राप्त हुन्छ । मानसिक र शारीरिक थकान हटाउनका लागि नै मानिसहरु स्पा र पार्लर जाने गर्छन् । उसो त हाम्रो देशमा पनि राम्रा राम्रा स्पा सेन्टर र मसाज पार्लर छन् तर मेक्सिको र थाइल्याण्ड यसका लागि विश्वभर प्रसिद्ध छ ।
 
मेक्सिकोमां मारिजुआना मसाज थेरापी धेरै नै लोकप्रिय छ । फुकेटको बडी मास्क र मसाज प्याकेज पनि धेरै नै प्रसिद्ध छन् । हिजोआज ब्लड ग्रुपकोे हिसाबले पनि स्पा र मसाज दिने परम्परा सुरु भएको छ । यसमा पाहुनाहरुकोे ब्लड ग्रुपकोे हिसाबले मसाज अफर गरिन्छ । ए ब्लड ग्रुप भएकाहरुलाईँ ओट्स, कफी बीन्ंस र सोया राम्रो हुन्छ भने बी ब्लड ग्रुप भएकाहरुलाई फ्रूट इन्ंजाइम र क्रिस्टल राम्रो हुन्छ ।
 
त्यसैगरि ओ ब्लड ग्रुप भएकाहरुलाई डीप सी मास्कका साथै ग्रीन टी र लेवेन्डर राम्रो हुन्छ । बर्लिनको एक स्पामा लाइट थेरेपी, पावर नैपिंग, अरोमा थेरापी, स्पेशल न्यूट्रिशन्स सप्लीमेन्ट अफर गरिन्छ । त्यस स्पामा विशेष पावर न्याप लन्ज बनाइएको छ जहाँ पाहुनाहरु आनन्द प्राप्त गर्न सक्छन् । (एजेन्सीको सहयोगमा)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको