ब्युटी प्रोडक्ट उपयोग गर्ने सही तरिका

बुधबार, ३१ जेठ २०७४

 

व्यस्त तथा कामकाजी महिला छिटो र सरल तरिकाले मेकअप गर्न रुचाउँछन् । यस्तो अवस्थामा मेकअप प्रोडक्ट सही तरिकाले प्रयोग नगर्दा अनुहार भद्दा तथा अनाकर्षक देखिन सक्छ । आफ्नो सौन्दर्यलाई कायम राख्न ब्युटी प्रोडक्ट कसरी प्रयोग गर्ने भनेर ब्युटिसियन सबी श्रेष्ठले सुझाब दिएकी छिन् :

 

हरेक समय आँखालाई सुन्दर र आकर्षक देखाउन सामान्य मेकअपमा पनि ध्यान दिनुपर्छ । त्यसैले सिम्पल त्रिकोण सेप आइलाइन प्रयोग गर्नु उत्तम हुन्छ ।

 

समूहमा अरूभन्दा फरक र आकर्षक देखिन विभिन्न कलर लगाएर कपाल रंगाउने प्रचलन छ । तर, ढंग नपुर्‍याई कपाल रंगाउँदा अन्यभन्दा फरक देखिए पनि आकर्षक नदेखिन सक्छ । त्यसैले कपाललाई आइब्रोको कलरसँग म्याच गराउनु आवश्यक छ ।

 

दिनभर मानसिक शान्तिका लागि सुगन्धित तथा बास्नादार पफ्र्युम महत्वपूर्ण हुन्छ । पफ्र्युम आफ्नो कानको पछाडि, काँध, घाँटी तथा गर्दनको पछाडि लगाउनु  उपयुक्त हुन्छ ।

 

कहिलेकाहीँ काममा व्यस्त रहँदा कपालको केयर गर्न भ्याइँदैन । यस्तो भएमा कपाल च्यापच्याप हुने तथा जगल्टा पर्ने समस्या निम्तिन्छ । यस्तो भएमा कपालमा बेबी पाउडर लगाएर काँइयोले कोर्दा पनि हुन्छ ।

 

नुहाएपछि कपाल सुक्खा गर्न तौलियाको सहारा लिने पुरानै तरिका हो । तर, यो एकदम गलत तरिका हो । यस्तो बानीले कपाललाई खराब बनाउँछ । कपाललाई सुकाउन न्यानो टिसर्टको प्रयोग उचित हुन्छ ।

 

राति सुत्नुभन्दा अगाडि आफ्नो पेटमा मनतातो जैतुनको तेलले मसाज गर्ने । यस्तो मसाज दिनको दुई–तीनपटक गर्दा पनि  फाइदाजनक हुन्छ ।

 

चिपस्टिकको प्रयोग गरेर ओठ फुट्ने समस्या समाधान गर्न सकिन्छ ।

 

मस्काराको प्रयोग लामो समय नगर्दा सुक्खा हुने सम्भावना बढी हुन्छ । यस्तो भएमा मस्कारामा नुनिलो घोल या नुनपानी राख्नुपर्छ । केही समय नुनपानी राखेर छोडिदिने हो भने सुक्खा भएको मस्कारा पुनः पहिलाकै अवस्थामा आउँछ ।

 

कुनै कारणवश झुक्किएर कहिलेकाहीँ कपडामा लिपस्टिकको दाग लाग्न सक्छ । यस्तो भएमा एउटा भिजेको तौलिया या अन्य कपडामा सेभिङ क्रिम लगाएर पुछ्न सकिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको