स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन सार्वजानिक, खोप पाउने बालबालिकाको प्रतिशत घट्यो
बिहिबार, ०१ असार २०७४

स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष ०७२/०७३ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । यो विभागको २२ औ वार्षिक प्रतिवेदन हो । यसमा नेपाल सरकारले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमहरुमा उद्देश्य, नीति नियमहरु तथा विगतका तीनवर्षको स्वास्थ्य सूचकांकहरुहरुको प्रगतिको मुल्यांकन र समिक्षा गरिएको छ । प्रतिवेदन अनुसार ०७२ र ०७३ सालमा स्वास्थ्य सेवा प्रदान गर्नेमा १ सय ४ सार्वजनिक अस्पताल, ३ सय ३ निजी अस्पताल, २ सय २ प्राथमिक स्वास्थ्य केन्द्र ३ हजार ८ सय तीन स्वास्थ्य चौकी रहेका थिए ।
सरकारी स्वास्थ्य सेवालाई समन्वयकारी भूमिका खेलेर ४९ हजार ५ सय २३ महिला स्वास्थ्य स्वयंसेविकाले सहयोग गरेका थिए । अघिल्लो तीन वर्षको तुलनामा प्राय सूचकांकमा प्रगति भएपनि खोप कार्यक्रममा भने बिसीजी, डीपीटी (हेपाटाइटिस बी (हिब, पोलियो, दादुरा (रुबेला सबै खोपको पाउने बालवालिकाको प्रतिशत घटेको छ ।
प्रतिवेदनमा यसलाई विनासकारी भूकम्प, बन्द हड्तालको कारण र खोप लगाउने बालबालिका बढेकाले सूचकांकमा अघिल्लो वर्षभन्दा केहि कम आएको भनिएको छ । स्वास्थ्य सेवाको विकासको लागि अन्तराष्ट्रिय दातृ एवं सहयोग संस्थाहरु युनिसेफ, डीएफआइडी, जर्मनी विकास नियोग(जीआईजेड), विश्व बैंकहरुको सहयोग पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन स्वास्थ्य सेवा विभागको वेबसाइटबाट डाउनलोड गरेर हेर्न सकिन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्