विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान

बिहिबार, ०१ असार २०७४

 

काठमाडौं । मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् ।

 

विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, समाजकल्याण, स्वास्थ्यलगायत मन्त्रालयबाट मन्त्रीहरुले आफ्ना कार्यकर्ता र नातेदारको उपचारमा आर्थिक सहयोग गरेका फाइल विभागको विपन्न औषधोपचार कोषको सचिवालयमा चाङ लागेका छन् ।

 

ती फाइलमा बिरामीको उपचारका लागि १५ लाखदेखि ५० लाखसम्मको आर्थिक सहयोग गर्न सरकारसँग माग गरिएको छ ।

 

त्यो पनि अधिकांश फाइलमा नेपालबाहिर गएर उपचार गर्नुपर्ने भनिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको