स्वास्थ्य मन्त्रालयद्वारा सचिव बढुवाका लागि ९ जना सिफारिस
बिहिबार, ०१ असार २०७४

काठमाडौ । स्वास्थ्य मन्त्रालयले सचिवमा बढुवाको लागि नौ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख डा. भीमसेन टिङ्गकरी, वीर अस्पतालका डा. केदार सेन्चुरी तथा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. किरण रेग्मी रहेका छन् ।
बढुवाका लागि डा. पुष्पा चौधरी, डा. दिनेश श्रेष्ठ, डा. विनोद मान श्रेष्ठ, डा. रोशन पोखरेल तथा डा. दीपेन्द्र रमण सिंहको नाम यस अघि नै मन्त्रालयले सिफारिसको लागि पठाईसकेको छ ।
स्वास्थ्य सचिवका लागि सिफारिस गर्न गठित बढुवा समितिले सचिवका लागि योग्यता पुगेका सबैको विवरण माग गरेपछि स्वास्थ्य मन्त्रालयले डा. किरण रेग्मी सहित नौ कर्मचारीको नाम सिफारिस गरेको थियो । नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा बस्ने समितिको वैठक अहिले चार बजे बस्ने कार्यक्रम छ ।
‘१२ औ तहमा कार्यरत वा ११ औ तहमा रहेर ५ वर्ष काम गरेका जो कसैलाई सचिवमा बढुवा सक्ने निजामति ऐनको व्यवस्था अनुसार आज नौ जनाको नाम सिफारिस गरिएको हो’, मन्त्रालयका बढुवा शाखाका उपसचिव बाबुराम खनालले भने ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्