आयुर्वेदको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ : शाक्य
आइतबार, ०४ असार २०७४

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आयुर्वेदको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन्। प्राकृतिक आयुर्वेदिक पोलिक्लिनिकको आज कोटेश्वरमा उद्घाटन गर्दै प्रमुख शाक्यले आयुर्वेद नेपालको पुरानो उपचार पद्धति भएकाले यसको संरक्षण गर्दै सो विषयमा अध्ययन गरी नीति योजना बनाउन जरुरी रहेको बताएका हुन्।
उनले पुरानै शैलीबाट काम गर्ने कर्मचारी र पुराना संरचनालाई नयाँ तरीकाले पुनःस्थापित नगर्दासम्म विकास सम्भव नहुने बताए।
करिब चार महिना अघि सञ्चालनमा ल्याइएको उक्त आयुर्वेदिक पोलिक्लिनिकले दैनिक एकसय भन्दा बढी बिरामीको उपचार गर्दै आएको पोलिक्लिनिकका सञ्चालक महेन्द्रराज बज्राचार्यले जानकारी दिए। नसर्ने रोग ग्याष्ट्रिक, पाइल्स, फिस्टुला, फिसर, अल्सर, अपचलगायतको उपचार गरिने उनले बताए।
ललितपुरको मंगलबजारस्थित प्राकृतिक जडीबुटी उद्योगले औषधि उत्पादन गर्ने तयारी गरेको बज्राचार्यले बताए। रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्