यस कारण बढ्दै छन् गर्भपतन गराउने नयाँँ पुस्ता

आइतबार, ०४ असार २०७४

 

पछिल्लो समय अस्पतालमा गर्भपतन गराउने महिलाको संख्या बढ्न थालेको छ । तर, कतिपयले चिकित्सकको सल्लाहविनै विभिन्न खालका औषधिको सेवन गरी गर्भपतन गराउन खोज्दा ज्यानकै जोखिम पनि मोलिरहेका छन् । विशेष गरी युवामा आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गराउने प्रवृत्ति बढेको छ । यसरी गराएको गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैले ज्यान गुमाइरहेका छन् ।

 

पुरुषमा गर्भनिरोधक साधनको प्रयोगसम्बन्धी सचेतना नहुँदा र महिलाले मात्र गर्भनिरोधक साधन लगातार प्रयोग गरिरहँदा धेरै समस्या आइरहेका छन् । समाजमा देखिएको गर्भपतनको समस्या, उब्जिएका कारण र समस्या हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीरा हाडा यसो भन्छिन्ः

 

डा. मीरा हाडा, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ


 

—सरकारले गर्भनिरोधक अस्थायी साधनको प्रयोग गर्न चेतना जगाउनुपर्ने हो । तर, गर्भपतनलाई मान्यता दिँदा युवामा यस्तो सोच हाबी भएको छ । सरकारले निःशुल्क गर्भपतन गर्न प्रोत्साहन गर्दा यो समस्या धेरै बढिरहेको छ ।

 

—गर्भपतनलाई अहिलेका युवाले परिवारनियोजनका साधन प्रयोग गर्नुभन्दा पनि सहज रूपले लिने गरेका छन् । त्यसैले उनीहरूलाई गर्भपतन गर्दा हुन सक्ने जोखिमबारे सचेतना जगाउनुपर्छ ।

 

—आफूलाई चाहिने बच्चा पुगेपछि परिवारनियोजन गर्नुपर्छ भन्ने चेतना नहँुदा पनि गर्भपतन गराउने महिला बढेका छन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरेर अस्थायी गर्भपतन गराउने युवाको संख्या बढिरहेको छ ।

 

—सामान्य सिटामोलजस्तै तरिकाले गर्भपतनको औषधि सहज रूपमा उपलब्ध हुन्छ । जसले गर्दा आकस्मिक गर्भपतन गराउने युवायुवतीको संख्या गाउँ–सहरमा धेरै मात्रामा छ ।

 

—गर्भपतन गराउनेमध्ये धेरै किशोरी छन् । सानै उमेरमा शारीरिक सम्बन्धपछि गर्भपपतन गराउँदा उनीहरू मानसिक रूपमा असक्त हुने गर्छन् ।

 

—बच्चा पेटमा बस्नुमा महिला–पुरुष उत्तिकै जिम्मेवारी हुनुपर्छ । त्यसैले शारीरिक सम्बन्धको समयमा पुरुषले गर्भनिरोधक राधनको प्रयोग गर्नुपर्छ ।

 

Source: Enayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको