अब १० हप्तासम्मको गर्भपतन औषधीद्धारा गर्न सकिने

बुधबार, ०५ असोज २०७३

अब १० हप्ता सम्मको गर्भपतन औषधीद्धारा गर्न सकिने भएको छ । अमेरिकी सरकारको नियमक संस्था एफडीएले माइफप्रेक्स भनेर चिनिने माइफप्रिस्टोनको चक्की १० हप्तासम्मको गर्भपतनका लागि प्रयोग गर्न सकिने जनाएको छ ।यसअघि यस्तो चक्कीले सात हप्ता सम्मको गर्भपतन मात्रै गराइने गर्दथ्यो । एफ.डी.ए.को यो नयाँ नीति गर्भपतन अधिकारबादीहरुले स्वागत गरेका छन् ।  कतिपयले भत्र्सना समेत गरेका छन् ।एफ.डी. ए. का अनुसार यो चक्की दुई दिनमा दुई चक्की खानुपर्ने हुन्छ । यो औषधि खानासाथ यसले गर्भको लागि चाहिने प्रोजेस्टेरोन हर्मोनको उत्पादन बन्द गरिदिन्छ । ‘हामी र औषधी उत्पादकसंगको संयुक्त अनुसन्धानबाट माइफप्रेक्स १० हप्तासम्मको  गर्भपतन गराउन प्रभावकारी देखियो । अब हामीले यसलाई सात हप्ता बाट बढाएर १० हप्तासम्म पुरयाउन स्वीकृति दियौँ, ‘ एफडीए प्रमुख रेगन म्याक्डोनाल्ड–मोस्लेले भने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको