वर्षामा दमको रोगीले अपनाउनै पर्ने ११ टिप्स
शनिबार, १७ असार २०७४
वर्षायाम दम रोगीका लागि अनुकुल मानिँदैन । यस मौसममा दम रोगीको समस्या थप बढ्छ । र, रोगीलाई श्वासप्रश्वासमा कठिनाई हुन्छ । यस्तो समस्याबाट बच्नका लागि वर्षामा विशेष सावधानी अपनाउनु पर्छ ।
१. खुला र ताजा हावामा धेरैभन्दा धेरै समय विताउनुहोस् । साथै भरपुर प्रकास पनि लिनुपर्छ । ताजा र स्वच्छ पानी पर्याप्त पिउनुपर्छ ।
२. दमको रोगमा मह एकदमै फाइदाजनक मानिन्छ । एउटा जगमा मह हाल्ने र त्यसको नजिक बसेर गहिरो सास लिने गर्नुपर्छ । यसले श्वासप्रश्वासमा सहज हुन्छ । कतिले एक बर्ष पुरानो मह दमको रोगीका लागि निकै उपयोगी हुने बताउँछन् ।
३. दम रोगीका लागि बेसार पनि राम्रो औषधी मानिन्छ । दम रोगीले दिनमा दुई देखि तीन पटकसम्म एक गिलास दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको प्रयोग खाली पेटमा गर्नुपर्छ ।
४. दमको रोगीले हल्का भोजन गर्नुपर्छ । किनभने भारी भोजन सेवनले श्वासमा कमी वा श्वास लिनमा गाह्रो हुन्छ । साथै हप्तामा एक पटक उपवास बस्नु लाभदायक हुन्छ ।
५. दमको रोगीले एकै पटकमा धेरै खानेकुरा सेवन गर्नु हुँदैन । थोरै खानेकुरा बिस्तारै, बिस्तारै चपाएर खानुपर्छ । दिनमा ८ देखि १० गिलास पानी जरुर पिउनुपर्छ ।
६. दम रोगीको शरीरमा एसिड पैदा गर्ने चिज कार्बोहाइड्रेट, फ्याट र प्रोटीनको प्रयोग कम मात्रामा गर्नुपर्छ ।
७. खानामा हल्का र चाडै पच्ने खानेकुरा सेवन गर्नुपर्छ । मध्यन्ह र रातको खानामा काँचो सब्जी एवं सलाद खानु राम्रो हो । एक कचौरा पाकेको सब्जी र गहुँको रोटी पनि लिन सकिन्छ ।
८. रातको खाना घाम अस्ताउनुअघि वा सुत्नुभन्दा तीन घण्टाअघि गर्दा नराम्रो असर गर्दैन ।
९. योग एवं प्राणायाम दम रोगीका लागि एकदमै फाइदाजनक मानिन्छ । यसलाई नियमित गर्नाले अस्थमा अट्याकबाट बच्न सकिन्छ । सरस्र्युको तेलले छातीमा मालिस गर्दा पनि आरम मिल्छ ।
१०. सुतेको समय एक भन्दा कम सिरानी राखेर सुत्ने बानी गर्नुपर्छ । यसले दमको असर क्रमस कम भएर जान्छ ।
११. धुलो, माटो र एलर्जी पैदान गर्ने कुराबाट बच्नुपर्छ । रोगीले चिसोबाट पनि बच्नुपर्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण
विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। ...
बर्खायाममा यी रोग लाग्न सक्छ, बच्ने उपाय यस्तो छ
मनसुन सुरु भइसकेको छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । त्यसैले खानपानमा विशेष सर्तकता अपनाउनु पर्ने हुन्छ...