विपि क्यान्सर अस्पतालमा हाड र स्तन क्यान्सर पत्ता लगाउने आधुनिक उपकरण
आइतबार, २५ असार २०७४

चितवन– विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हाड र स्तन क्यान्सर पत्ता लगाउने दुई आधुनिक उपकरण सञ्चालनमा आएको छ । अष्ट्रियाको अन्तराष्ट्रिय आणविक उर्जा संगठनले हाडको क्यान्सर जाँचका लागि बोन मिनरल डेन्सिटी र स्तन क्यान्सरका लागि पोर्टेवल गामा प्रोव उपकरण अनुदानमा दिएको हो । उस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले ती उपकरणले हाड र स्तन क्यान्सर भए/नभएको पत्तालगाउन सहज हुने बताए।
उर्जा संगठनका महानिर्देशक युकिया अमानोले शुक्रबार क्यान्सर अस्पतालमा भएका उपकरणहरुको बारे जानकारी लिएका थिए । उपकरणहरु बारे मेडिक अंकोलोजीमा रहेको उपकरण लगायत अन्य उपकरणहरुको बारेमा अस्पतालका चिकित्सकहरुले जानकारी गराएका थिए ।
नयां उपकरणको हस्तान्तरण पछि बोल्दै उर्जा संगठनका महानिर्देशक अमानोले भरतपुर क्यान्सर अस्पतालको गुणस्तरिय सेवा प्रवाहका लागि आफुहरु हरेक किसिमले सहयोग गर्न तयार रहेको बताए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्