माकुराको टोकाइले युवतीको खुट्टा काट्नुपरेपछि

सोमबार, २६ असार २०७४

 

एजेन्सी,  भर्खर २१ वर्ष पुगेकी एक युवतीले कोमाबाट उठ्दा आफ्नो एउटा खुट्टा गुमाइसकेकी थिइन् । आफ्नो सो हालतले उनी त्रसित र चकित भइन् । उनलाई सबै सपना जस्तै लाग्यो । मात्र एउटा साधारण माकुराले टोकाईले अस्पताल आउँदा खुट्टा नै काटेर फाल्नुपरेपछि उनलाई विश्वास गर्न गाह्राे भएको हो ।

 

क्यानडामा बस्दै आएकी २१ वर्षीय युवतीलाई पछिल्लो महिना दाहिने खुट्टामा एउटा माकुराले टोकेको थियो । त्यसको दुईदिन पछि उनको छालामा इन्फेक्सन देखा परेको थियो । मासु खाने रोग भनिने अनौठो इन्फेक्सनबाट ग्रसित भएपछि उनलाई अस्पताल लगिएको थियो ।

 

चिकित्सकहरुले उनी कोमामा भएकाले आइसियूमा राखेर उनको ज्यान बचाउने प्रयत्न गरिरहेका थिए । तर उनको खुट्टाभरि इन्फेक्सन नराम्रोसँग फैलिएपछि खुट्टा काट्नु बाहेक अरु कुनै विकल्प नभएको चिकित्सकहरुले बताएका हुन् ।

 

उनकी आमाले बताएअनुसार उनी कोमाबाट बाहिर आएपछि उनले बारम्बार केही गलत भएको शङ्का गरिरहेकी थिइन् । त्यसपछि उनले एउटा पेन मागेर कापीमा लेखिन, ममी मेरो एउटा खुट्टा छैन हो ? किन मलाई खाली खाली महसुस भइरहेको छ ?

उनी दुई हप्तासम्म कोमामा थिइन् । त्यसैले उनलाई आफ्नो अवस्थाबारे केही थाहा थिएन । तर उनकी आमाले त्यति खेरै उनको प्रश्नको जवाफ दिइनन् । उनी पूर्णरुपमा ठीक नभएसम्म यो कुरा नभन्ने उनले बताइन् । उनको शरीरको अन्य भागमा समेत अलिअलि इन्फेक्सन फैलिसकेकोले उनकी आमा निकै चिन्तित थिइन् ।

नेक्रोटाइजिङ फ्यासिटिज नामक इन्फेक्सनले उनलाई ग्रस्त बनाइसकेको थियो । यो एउटा विशेष किसिमको ब्याक्टेरियाका कारण हुने इन्फेक्सन हो जसले छोटो समयमै छाला, मासु र फ्याट र टिस्युलाई विनाश गरिदिन्छ जसकारण तपाईको अङ्गले काम गर्न छाड्छ अनि मृत्यु हुन्छ ।

अमेरिकाको दक्षिणपूर्वीय स्टेटहरुमा ब्राउन रिक्लुज नामक माकुराहरु प्रशस्तै पाइन्छन् जुन अत्याधिक खतरनाक विषयुक्त हुन्छन् । अहिलेपनि पीडित युवती राम्रोसँग ठीक भइसकेकी छैनन् । उनलाई केही महिनासम्म अस्पतालमै राख्नुपर्ने बताइएको छ । अहिले चिकित्सकहरुले उनलाई हिँडडुल गर्न सिकाइरहेका छन् ।

 

Source: Sajhapost


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको