सप्तरीमा विनादर्ता संचालनमा रहेका एक दर्जन औषधि पसल बन्द
बुधबार, २८ असार २०७४

असार २८ । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ ।
सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ ।
फार्मेसी अधिकृत विजय कार्कीका अनुसार राजविराजमा रहेका अत्यन्त नाम चलेका अतुल फार्मेसी, लक्ष्मी मेडिकल हल, सिटी फार्मेसी, कृष्णा फार्मेसी र सङ्गीता मेडिकोलगायत र रुपनीमा रहेका औषधि पसल गरी एक दर्जन औषधि पसलमा औषधि बिनादर्ता र दर्ता नै नभएको र दर्ता भएको व्यवसायी नभई अर्कैले औषधि पसल सञ्चालन गरिएकाले यस्ता औषधि पसललाई बन्द गराइएको छ ।
Source: Nepalaaja
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्