पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा

बुधबार, २८ असार २०७४

 
पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा चार हजार ४०६ जना बालबालिकालाई ४१३ खोप केन्द्रमार्फत जन्मेदेखि १ वर्ष्भित्र लगाउनुपर्ने खोप पुरा गरेको जनाइएको छ । यो घोषणासँगै पाँचथरले पूर्ण खोपयुक्त भएका जिल्लाको सूचीमा अट्ठाइसौँ स्थान ओगट्न सफल भएको छ ।
 
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सभासद् श्रीप्रसाद जबेगूले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले अभियान सफल पार्न सहयोग गर्ने संस्थालाई सम्मान पनि गरेको थियो । पाँचथरमा पूर्ण खोपयुक्त अभियान २०७१ सालदेखि शुरु भएको हो ।
 
सबैभन्दा पहिले जिल्लाको थर्पु र सबैभन्दा पछाडि लुङरुपालाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको थियो । जिल्ला खोप समन्वय समिति पाँचथरका अध्यक्ष तथा स्थानीय विकास अधिकारी गिरीराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, काँग्रेस फिदिम नगरका प्रमुख पदका उम्मेदवार ओनाहाङ नेम्बाङ, एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, गैरसरकारी संस्था महासङ्घ पाँचथर जिल्ला अध्यक्ष बालकृष्ण ओझा लगायतले मन्तव्य राखेका थिए । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको