क्यान्सरबाट बच्न यस्ता खानेकुरा खानुहोस्

आइतबार, ०१ साउन २०७४

 

नसर्ने रोगहरूमा क्यान्सर रोग विश्वमा नै पहिलो नम्बरमा छ । क्यान्सर हाम्रै जीवनशैली र खानपिनबाट हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । विश्वमा नै बढ्दो क्रममा रहेको क्यान्सर छिट्टै पत्ता लगाउन सकियो भने उपचार गर्न पनि सहज हुन्छ । जसले गर्दा सजिलै नियन्त्रण तथा निको नै बनाउन सकिन्छ । तर, समयमा नै उपचार हुन सकेन भने यसले मानिसको ज्यान पनि लिन सक्छ । क्यान्सर लाग्ने कारणहरू हाम्रै अस्वस्थ जीवनशैली र अस्वस्थ खाद्य पदार्थ सेवन गर्नु नै हो । क्यान्सरबाट बच्न कस्ता खानेकुरामा ध्यान दिने भन्ने विषयमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर राजेन्द्र बराल यसो भन्छन् :

 

हामीले तारेको, भुटेको परिकार खानु हुँदैन । यस्ता खानेकुराले शरीरको जुनसुकै ठाउँमा पनि क्यान्सर हुन सक्छ । केमिकल हालेको खाद्य पदार्थहरू जस्तो– सागसब्जी, फलफूल पनि खानु हुँदैन । बाहिर प्याकेटमा राखिएका ड्राइफुडहरू खान छाड्नुपर्छ ।

 

 क्यान्सरबाट बच्न सबैभन्दा पहिले आफ्नो जीवनशैली बदल्नुपर्छ । हामी हाम्रो जीवनशैली जति व्यवस्थित बनाउँछौँ, त्यति नै स्वस्थ हुन्छौँ । त्यसैले सबैभन्दा पहिले हामी स्वस्थ हुन जीवनशैली बदल्नु आवश्यक छ । दिनहुँ केही सयम शारीरिक व्यायाम आवश्यकताअनुसार गर्नुपर्छ ।

लखानामा माछा–मासु कम सेवन गर्नुपर्छ । गेडागुडीजन्य खानेकुरा बढी खानुपर्छ, जस्तो– सिमी, केराउ, चनाजस्ता खानेकुरामा जोड दिनुपर्छ ।

 नुन कम भएको खानेकुरा खानुपर्छ । नुन धेरै खाँदा पनि विभिन्न खालका क्यान्सरको खतरा बढी हुन्छ ।

 

सुर्तीजन्य पदार्थ र अल्कोहल खाने मान्छेलाई सबैभन्दा बढी क्यान्सरको खतरा हुन्छ । क्यान्सर लागेकामध्ये ९० प्रतिशत रोगीमा अल्कोहल र सुर्तीजन्य पदार्थ नै प्रमुख कारण देखिएको छ ।


Source: Enayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको