यी हुन् खाना खाए लगत्तै नुहाउँदा देखा पर्ने गम्भिर समस्या
बुधबार, ०४ साउन २०७४
व्यस्त जीवनशैलीमा जुनबेला समय मिल्छ त्यतिबेला खाना खाने र नुहाउँने गरिन्छ । तर, यस्तो गर्नु स्वास्थयका लागि हानिकार रहेको बताइन्छ । त्यसोभए जान्नुहोस्, खाना खाए लगत्तै नुहाउँदा हाम्रो शरीरमा के–कस्ता गम्भिर समस्या उत्पन्न हुन्छन् ।
भनिन्छ, राम्रो खान–पानका साथै नियमित दिनचर्या पालना गर्ने व्यक्ति लामो आयुको हुन्छ । हाम्रो जीवन व्यतित गर्ने शैलीले नै हाम्रो स्वास्थ्यमा गहिरो असर पुरयाउँछ । आयुवर्नेदका अनुसार, खाना खाएपछि तुरुन्तै नुहाउँनु हुँदैन । यसो गर्नाले पेटको वरपर र रक्त प्रवाह बढ्ने हुन्छ, साथै व्यक्तिको पाचन क्रिया पनि ढिलो हुँदै जान्छ ।
पेट वरपर रहेको रगतले खाना पचाउन मद्दत गर्छ र त्यो नुहाएपछि शरीरको अन्य भागमा जान्छ जसले गर्दा खाना राम्ररी पच्दैन । शरीरमा पानी परेपछि रक्त प्रवाह धेरैजसो शरीरको अन्य भागतिर जाने हुन्छ, जसले गर्दा हाम्रो दिमागलाई जति आवश्यक छ त्यति रगत मिल्दैन । यस्तो अवस्थामा हामीलाई कहिले काही रिंगटा लाग्ने वा वेहोस हुने जस्ता समस्या आईपर्छन् । आफ्नो राम्रो स्वास्थ्य बनाउँनका लागि खाना खाएपछि एक घण्टासम्म नुहाउँन हुँदैन ।एजेन्सी
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्